चीन,रुस र इरानद्वारा दक्षिण अफ्रिकासँगको सहकार्यमा नौसेना अभ्यास सुरु
- काठमाडौंचीन, रुस र इरानले दक्षिण अफ्रिकासँगको सहकार्यमा नौसेना अभ्यास गरेको छ । अमेरिकाले भेनेजुएलामा हस्तक्षेप गरेर त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेसँगै अन्तर्राष्ट्रिय तनाव बढेका बेला केप टाउनको तट नजिक ती देशहरुले नौसेना अभ्यास गरेको समाचार संस्था एपीले जनाएको छ । सो अभ्यासको नेतृत्व सुरुमा चीनले लिएको समाचारमा उल्लेख छ ।
समुद्री सुरक्षा, समुद्री डकैती नियन्त्रण तथा आपसी सैन्य सहकार्यलाई मजबुद् बनाउने उद्देश्यले अभ्यास आयोजना गरिएको दक्षिण अफ्रिकाको सेनालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण अफ्रिकी सशस्त्र बलका प्रवक्ताले अभ्यासमा सहभागी सबै देशहरुको सूची हाल पुष्टि गर्न नसकिने बताएका छन् । सो अभ्यास आगामी शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ ।