अन्तर्राष्ट्रिय

इरानसँग व्यापार गर्ने मुलुकले ट्यारिफको सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

- एजेन्सीकाठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि मुलुकले २५ प्रतिशत ट्यारिफको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

ट्रम्पले इरानसँग व्यापार गर्ने मुलुकमा तुरुन्तै ट्यारिफ लगाउने र आफ्नो यो निर्णय अन्तिम तथा निर्णायक भएको समेत बताउनुभएको छ ।

इरानमा भइरहेको सरकारविरोधि वृहत्त प्रदर्शनमा वासिंगटनको यस्तो प्रतिक्रिया आएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यता इरानले वर्षौँदेखि वासिंटनको भारी आर्थिक प्रतिबन्ध खेप्दै आएको छ ।

अमेरिकाले अन्य मुलुकमा थप आर्थिक प्रतिबन्ध लगाउने धम्कीले तेहरानसँग व्यापार गरिरहेका चीन, युइई र इण्डियालगायतका मुलुक समेत मारमा पर्ने देखिन्छ ।

राष्ट्रपति ट्रम्पले लगाउने भनिएको ट्यारिफबारे ह्वाइट हाउसको आधिकारिक वेबसाइटमा कतै उल्लेख छैन ।

ट्रम्पको यस्तो निर्णयले तेहरान–वासिंटनबीच थप तनाव भने बढ्ने देखिन्छ ।