अन्तर्राष्ट्रिय

इरानमा जारी राष्ट्रव्यापी प्रदर्शनका क्रममा हालसम्म २ हजार जनाको मृत्यु

काठमाडौं

इरानमा जारी राष्ट्रव्यापी प्रदर्शनका क्रममा हालसम्म सुरक्षाकर्मीसहित २ हजार जनाको मृत्यु भएको छ । आतंककारी गतिविधिका कारण प्रदर्शनकारी र सुरक्षाकर्मी दुवै तर्फ गरि सो संख्यामा मानिसको मृत्यु भएको इरानी अधिकारीहरुले जनाएका छन् । 

यद्यपि कुन पक्ष तर्फ कतिको मृत्यु भयो भन्ने बारेमा भने औपचारीक जानकारी आइसककेको छैन । कमजोर आर्थिक अवस्थाका कारण सुरु भएको भनिएको सो प्रदर्शन पछिल्लो दुई सातादेखि जारी रहँदै आएको छ । 

पछिल्लो तीन वर्षयता इरानी सत्ताका लागि जारी प्रदर्शन सबैभन्दा ठूलो आन्तरिक चुनौती बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत वर्ष इजरायल र अमेरिकाले गरेका हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय दबाब बढिरहेको सन्दर्भमा पछिल्लो पटक विरोध प्रदर्शन चर्किएको हो । 

यसैबीच इरानी अधिकारीहरुले अमेरिकासहित इजरायलले प्रदर्शनलाई भड्काएको आरोप लगाएको समाचारमा उल्लेख छ । इरानमा सरकार विरोधी प्रदर्शन चर्किएपछि पछिल्ला दिन इन्टरनेट बन्दसहितका सञ्चार प्रतिबन्धका कारण घटनाबारे सूचना संकलनमा कठिनाइ भएको छ ।