जापान र फिलिपिन्सबीच नयाँ रक्षा सम्झौता
- काठमाडौंसाउथ चाइना सीमा चीनको बढ्दो प्रभाव र सुरक्षा चुनौतीलाई लक्षित गर्दै जापान र फिलिपिन्सबीच नयाँ रक्षा सम्झौता भएको छ । फिलिपिन्समा आयोजित एक विशेष समारोहकाबीच दुई देशले चीन विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन र प्राकृतिक प्रकोपविरुद्ध आफ्नो क्षमता बलियो बनाउने सम्बन्धी सम्झौता गरेका हन् । सम्झौता अनुसार दुई देशबीच गोला बारुद, इन्धन, खाना र अन्य आवश्यक वस्तुको खरिद विक्रिमा करमुक्त गर्ने सहमति भएको छ ।
दुई देशबीच भएको पछिल्लो सम्झौताले क्षेत्रीय सुरक्षामा सन्तुलन कायम राख्न र प्राकृतिक विपत्तिका बेला संयुक्त प्रतिकार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सम्झौतापछि जापानले फिलिपिन्सको सुरक्षा र आर्थिक विकासका लागि नयाँ सहायताको समेत घोषणा गरेको छ । सो घोषणामा सैन्य डुङ्गाका लागि आवश्क पर्ने सेल्टर निर्माणका लागि बजेट सुनिश्चित गर्ने तथा इन्टरनेट सेवा विस्तारका लागि आर्थिक सहयोग गर्ने विषय समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो समय ताइवान र साउथ चाइना सीको विषयलाई लिएर जापान र फिलिपिन्स दुवै देशको चीनसँगको कुटनीतिक विवाद बढिरहेको सन्दर्भमा सम्झौता भएको हो । केहि समय अघि जापानी प्रधानमन्त्रीले ताइवानमाथि चिनियाँ हस्तक्षेप भए जापानले प्रतिक्रिया जनाउने चेतावनी दिएपछि दुई देशबीच विवादको शृङ्खला चलेको हो ।