दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई ५ वर्षको जेल सजाय
काठमाडौंदक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई मार्शल ल लागू गर्ने प्रयास गरेको आरोपमा ५ वर्षको जेल सजाय सुनाइएको छ । दक्षिण कोरियाको एक अदालतले युनलाई सो सजाय सुनाएको बीबीसीले जनाएको छ ।
सन् २०२४ को डिसेम्बरमा मार्शल ल लागू गर्ने, शक्ति दुरुपयोग, कागजात जालसाजी लगायतका अभियोगमा जेल सजाय सुनाइएको समाचारमा उल्लेख छ । यस्तै, सोल केन्द्रीय जिल्ला अदालतले युनले अनुसन्धानका लागि जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन हुन नदिन खोजेको समेत ठहर गरेको छ ।
६५ वर्षीय युनलाई मार्शल ल लागू गर्न कानुनले अनिवार्य गरेको औपचारिक छलफल मन्त्रिपरिषद् बैठकमा नगरेको अभियोगमा पनि दोषी ठहर गरिएको हो। युनले घोषणा गरेको मार्शल लले देशभर राजनीतिक अस्थिरता निम्ताएको टिप्पणी हुँदै आएको छ ।
युनमाथि शक्ति दुरुपयोगदेखि निर्वाचन कानुन उल्लंघनसम्मका अभियोग लगाइएका छन् । सो मुद्दाको फैसला आगामी फेब्रुअरीमा आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।