अन्तर्राष्ट्रिय

पाकिस्तानको कराँचीस्थित सपिङ मलमा भएको आगलागीमा २१ जनाको मृत्यु

काठमाडौं

पाकिस्तानको कराँचीस्थित एकसपिङ मलमा लागेको आगलागीपछि कम्तीमा २१ जनाको मृत्यु भएको छ । ४० भन्दा बढी व्यक्ति बेपत्ता रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

बेपत्ता भएको आशंकामा उद्धारकर्मीहरुले खोजी कार्य जारी राखेको समाचारमा उल्लेख छ । सो भवनमा लागेको आगो २४ घण्टाभन्दा बढी समयसम्म नियन्त्रणबाहिर रहेको थियो । 

आगो निभाउने क्रममा भवनको संरचना अत्यन्त कमजोर बनेको र अधिकांश भाग भत्किएको छ। राष्ट्रपति आसिफ अली जरदारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सिन्ध प्रान्त सरकारलाई व्यावसायिक र आवासीय भवनहरूको सुरक्षा मापदण्डबारे विस्तृत समीक्षा गर्न निर्देशन दिनुभएको छ । 

सिन्ध सरकारले मृतकका परिवारलाई १० लाख पाकिस्तानी रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।