अन्तर्राष्ट्रिय

कर्मचारी संख्या घटाउने अमेरिकाको रणनीति

- एजेन्सीकाठमाडौं

अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका कतिपय प्रमुख कमाण्ड सेन्टरहरूमा खटाइएका अमेरिकी कर्मचारीको संख्या घटाउने योजना बनाएको छ ।

यसले समुद्री, विशेष अप्रेसन र इन्टेलिजेन्स फ्यूजन सेन्टरहरू प्रभावित हुने अधिकारीहरूको भनाइ छ ।

ट्रम्प प्रशासनको सो कदमले गठबन्धनप्रति वाशिंगटनको प्रतिबद्धताको बारेमा युरोपमा चिन्ता बढाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

नेटो गठबन्धनले कूटनीतिक संकटको सामना गरिरहँदा अमेरिकाको कदमले थप तनाव बढाएको हो ।

ट्रम्प प्रशासनले सो बारेमा केही युरोपेली राजधानीलाई सूचित गरेको छ ।

अमेरिकाले नेटो संस्थाहरूबाट लगभग २०० पदहरू हटाउने जनाएको छ ।