अन्तर्राष्ट्रिय

जापानद्वारा विश्वकै ठूलो आणविक उर्जा केन्द्र सञ्चालनमा आए लगत्तै बन्द

काठमाडौं

जापानले विश्वकै सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र सञ्चालनमा आए लगत्तै बन्द गरेको छ । काशिवाजाकी–कारिवा नामक उर्जा केन्द्र पुनःसञ्चालनमा आएको केहि घण्टामा बन्द गरिएको हो । 

केन्द्र सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनीले उर्जा उत्पादन केन्द्र सञ्चालन गर्ने अलार्म बजेपछि विद्युत उत्पादन रोकिएको जनाएको छ । यद्यपि केन्द्रमा जडान गरिएको संरचनाहरु भने सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

राजधानी टोकियोबाट उत्तर–पश्चिममा पर्ने सो आणविक उर्जा केन्द्रमा रहेको ६ नम्बरको संरचना हिजो सञ्चालनमा ल्याइएको थियो । सो उर्जा केन्द ८ दशमलव २ गिगावाट क्षमताको रहेको समाचारमा उल्लेख छ । सन् २०११ मा गएको विनाशकारी भूकम्प र आणविक केन्द्रमा भएको दुर्घटना पछि सो केन्द्र बन्द भएको थियो ।