अन्तर्राष्ट्रिय

बंगलादेशमा फेब्रुअरी १२ मा हुने निर्वाचनका लागि चुनावी प्रचार सुरु

- एजेन्सीकाठमाडौं

बंगलादेशमा आगामी फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचनका लागि औपचारिक चुनावी प्रचार सुरु भएको छ । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि गठित नागरिक सरकारले निर्वाचन गराउन लागेको हो । 

इतिहासकै सबैभन्दा महत्वपूर्ण निर्वाचनका रुपमा हेरिएको यसपटकको चुनावमा राजधानी ढाकासहित देशका विभिन्न स्थानमा प्रमुख राजनीतिक दलहरूले चुनावी सभा र ¥याली आयोजना शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 विद्यार्थी आन्दोलनका क्रममा लामो समय सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरिएपछि पहिलो पटक निर्वाचन हुन लागेको हो । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाएको छ । तर, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएपछि सरकारको निष्पक्षतामाथि प्रश्न उठेका छन् ।