अन्तर्राष्ट्रिय

फिलिपिन्सको दक्षिणी तटीय क्षेत्रमा पानि जहाज डुब्दा १८ जनाको मृत्यु /२४ जना बेपत्ता

काठमाडौं

फिलिपिन्सको दक्षिणी तटीय क्षेत्रमा पानि जहाज डुब्दा १८ जनाको मृत्यु भएको छ । ३ सय भन्दा बढी यात्रु सवार पानीजहाज डुब्दा सो घटना भएको हो । 

फिलिपिन्स कोस्ट गार्डका अनुसार हालसम्म ३ सय १७ जनाको उद्धार गरिएको छ भने कम्तीमा २४ जना अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ । सो यात्रु तथा कार्गो फेरी दक्षिणी द्वीप मिन्डानाओबाट जोलो टापुतर्फ जाँदै गर्दा सो समुद्रमा डुबेको हो । 

अधिकारीहरुले जहाज डुब्नुको कारणबारे अनुसन्धान सुरु गरेको समाचारमा उल्लेख छ । सस्तो र सहज यातायातका कारण धेरै फिलिपिनी नागरिक फेरीमै यात्रा गर्न बाध्य छन् ।