भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता
- काठमाडौंयुरोपेली संघ इयु र भारतबीच ऐतिहासिक व्यापार सम्झौता गर्ने घोषणा भएको छ । अमेरिकासँग बढ्दो तनाव भइरहेका सन्दर्भमा दुवै पक्षले आपसी सम्बन्ध सुदृढ बनाउने लक्ष्य सहित स्वतन्त्र व्यापार सम्झौता गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
करिब १८ वर्षको वार्तापछि दुई पक्ष निष्कर्षमा पुगेको हो । नयाँ दिल्लीमा आयोजित भारत–इयु शखर सम्मेलनपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सो सम्झौता भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता भएको बताउनुभयो ।
प्रधानमन्त्री मोदीले यो सम्झौताले करिब २ अर्ब जनसंख्याको साझा बजार निर्माण गर्ने बताउनुभएको छ । सो सम्झौताले २७ सदस्यीय युरोपेली संघ र विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारतबीच वस्तुहरुको स्वतन्त्र व्यापारको बाटो खोल्ने बताइएको छ । सम्झौताअन्तर्गत दुवै पक्षबीच कर दर उल्लेख्य रुपमा घटाइने र बजार पहुँच विस्तार गरिने अपेक्षा गरिएको छ ।