अन्तर्राष्ट्रिय

निर्वाचनमार्फत सत्ता थप बलियो बनाउने जापानी प्रधानमन्त्री ताकाइचीको अपेक्षा

- एजेन्सीकाठमाडौं

जापानकी प्रधानमन्त्री एवम् सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ साने ताकाइचीले आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनमार्फत आफ्नो सत्ता थप बलियो बनाउने अपेक्षा गर्नुभएको छ । चुनावी जितले चीनको बढ्दो दबाबलाई सामना गर्न ताकाइचीलाई बलियो आधार प्रदान गरिने जापानी अधिकारीहरु र राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

जापानका पूर्व उप–रक्षा मन्त्री काजुहिसा शिमादाका अनुसार चीनको उद्देश्य ताकाइची सरकारलाई कमजोर बनाउने भएको आरोप लगाउनुभएको छ । पछिल्लो सर्वेक्षणहरुले उहाँको गठबन्धनले संसदमा रहेको झिनो बहुमत विस्तार गर्न सक्ने संकेत गरेको समाचारमा उल्लेख छ ।

 चिनियाँ पक्षका एक अधिकारीले निर्वाचनले ताकाइचीलाई अल्पकालीन राजनीतिक फाइदा दिएपनि दीर्घकालमा जापानी जनताले चीनसँगको कूटनीतिक र आर्थिक सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ताकाइचीले भने आफ्नो गठबन्धनले बहुमत गुमाएमा राजीनामा दिने बताइसक्नुभएको छ । जापानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ ।