गाजा क्षेत्रमा पछिल्लो आक्रमणमा परि २९ जनाको मृत्यु
काठमाडौंगाजा क्षेत्रमा सञ्चालित अस्पतालमा इजरायलले गरेको पछिल्लो आक्रमणमा परि कम्तिमा २९ जनाको मृत्यु भएको छ । युद्धग्रस्त गाजा क्षेत्रका अस्पतालहरुले उपचाररत २९ जना प्यालेस्टिनी नागरिकको आक्रमणमा परि मृत्यु भएको जनाएका हुन् ।
गत अक्टोबरमा लडाइँ रोक्ने उद्देश्यले भएको युद्धविरामपछि भएको आक्रमणका क्रममा सबैभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इजरायलले हमासले नयाँ युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको एक दिनपछि गाजा क्षेत्रमा आक्रमण भएको समाचारमा जनाइएको छ । गाजा सहरको एक भवन र खान युनिसस्थित एक टेन्ट शिविरमा आक्रमण भएको जनाइएको छ ।
गाजा सहरको एक प्रहरी चौकीमा भएको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै व्यक्ति घाइते भएको बताइएको छ ।