पाकिस्तानको जारी सैनिक कारबाहीमा १०८ जना आतंकवादीको मृत्यु
काठमाडौंपाकिस्तानको बलुचिस्तानमा चलिरहेको सेनाको कारबाहीमा परेर १०८ जना आतंकवादी मारिएका छन् । दुई दिनदेखि चलेको सैन्य कारबाहीमा हिजो मात्र ६७ जना विद्रोहीको मृत्यु भएको छ ।
सो कारबाहीमा ११ जना सर्वसाधारण र १० जना सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणको विरुद्धमा सुरक्षा बलले सैन्य कारबाही गरेको पाकिस्तानको राज्य प्रशारित टेलिभिजनले जनाएको छ ।
बलुचिस्तान स्वतन्त्र सेनालाई इस्लामावादले आतंकवादी समूहको रुपमा घोषणा गरेको छ । सो समूहले समन्वयात्मक रुपमा क्वेटा, नुस्की, दालबन्दीन, पास्नीलगायत दजनौँ स्थानमा सर्वसाधारणलाई लक्षित गर्दै हमला गरेको थियो ।
प्रतिकारमा उत्रेको सुरक्षा बलले सो समूहको अप्रेसन असफल तुल्याएको हो ।