अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानका राष्ट्रपतिको भनाइ
- काठमाडौंइरानका राष्ट्रपति मसूद पेजेशकियानले अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति पेजेशकियानले इरान वार्ता अघि बढाउन तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा जारी वक्तव्यमा राष्ट्रपति पेजेशकियानले विदेशमन्त्री अब्बास अराघचीलाई वार्ता अगाडि बढाउन निर्देशन दिएको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ ।
सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इरानमाथि कुनै पनि आक्रमण भए क्षेत्रीय द्वन्द्व फैलिने चेतावनी दिएको केही समयपछि राष्ट्रपति पेजेशकियानको सो अभिव्यक्ति आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम र प्रदर्शनकारीहरुमाथिको दमनको विरोध गर्दै अमेरिकी सैन्य शक्ति समेत बढाउने बताउनुभएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार वार्ता आगामी शुक्रबार इस्तानबुलमा हुने तयारी छ।यसअघि विदेशमन्त्री अराघचीले सीएनएनसँगको अन्र्तवार्तामा सम्झौता सम्भव हुनेमा विश्वस्त रहेको बताउनुभएको थियो । अमेरिका सर्मथित मानव अधिकारवादी संस्थाका अनुसार इरानमा भएको प्रदर्शनका क्रममा ६ हजार ४ सय ३० जनाको मृत्युभएको छ ।