अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीचको वार्ता सुरु

- एजेन्सीकाठमाडौं

रुस र युक्रेनबीच युएईमा दोस्रो चरणको वार्ता सुरु भएको छ । अमेरिकाको मध्यस्ततामा सो वार्ताको भएको हो । करिब चार वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्ने लक्ष्यले सुरु गरिएको वार्तामा राष्ट्रिय सुरक्षा परिषद्का सेक्रेटरी रुस्तम उमेरोभले युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

उमेरोभले अबुदाबीमा वार्ता सुरु भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । सो वार्ता दुई दिनसम्म चल्नेछ । गत महिना युएइमै पहिलो चरणको वार्ता भएको थियो ।