रुसी आक्रमण अमानवीय भएको बेलायती प्रधानमन्त्रीको टिप्पणी
- काठमाडौंयुक्रेनमा अत्यधिक चिसो बढिरहेको बेला रुसले गरेको आक्रमणलाई बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बर्बर र अमानवीय भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक चिसो बढेका बेला रुसले युक्रेनमा आक्रमण नगर्ने बताएको केही दिन नबित्दै आक्रमण भएकोमा स्टार्मरले निन्दा गर्नुभएको बीबीसीले जनाएको छ ।
युक्रेनमा तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको अवस्थामा किभसहित विभिन्न स्थानका विद्युत् केन्द्र र महत्वपूर्ण उर्जा पूर्वाधारमा आक्रमण गरेको समाचारमा उल्लेख छ ।
यद्यपि राष्ट्रपति ट्रम्पले भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हप्ता भएपनि आफ्नो सहमति पूरा गरेको दाबी गर्नुभयो । यसैबीच, रुसर युक्रेनबीचको युद्ध अन्त्यका लागि अमेरिकाले पहल जारी छ । रुसी राष्ट्रपति पुटिनले अहिलेसम्म पूर्ण युद्धविरामको आह्वान अस्वीकार गर्दै आउनुभएको छ ।