अन्तर्राष्ट्रिय

जापानको तल्लो सदनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने प्रक्षेपण

काठमाडौं

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गर्ने देखिएको छ । त्यहाँको सार्वजनिक प्रसारक एनएचकेको तथ्याङ्क अनुसार सो पार्टीले ३ सय सिट जित्ने प्रक्षेपण गरिएको हो ।

सो नतिजाले प्रधानमन्त्री ताकाइची सानाइलाई सत्तामा कायम राख्ने बताइएको छ । सर्वेक्षण अनुसार सबैभन्दा ठूलो विपक्षी दल सेन्ट्रिस्ट रिफर्म एलायन्सले आफ्ना सिटमध्ये झण्डै आधा गुमाउन सक्ने देखिएको छ । 

एक्जिट पोल र विश्लेषणका आधारमा सत्तारुढ गठबन्धनले ३ सय ६६ सिटसम्म सुरक्षित गर्ने अपेक्षा गरिएको छ । ३१० सिट प्राप्त भएमा गठबन्धनले दुई–तिहाइ बहुमत प्राप्त गर्नेछ ।