हङकङका सञ्चार उद्यमी जिमी लाइलाई २० वर्षको जेल सजाय
काठमाडौंहङकङका प्रजातन्त्र समर्थक सञ्चार उद्यमी जिमी लाइलाई विदेशी शक्तिसँग मिलेमतो गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको छ ।
हङकङमा लागू गरिएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत यो अहिलेसम्मकै सबैभन्दा कडा सजाय भएको बताइएको छ । एप्पल डेली पत्रिकाका संस्थापक ७८ वर्षीय लाइ चीन सरकारका तीव्र आलोचकका रुपमा रहेको बताइन्छ ।
मानव अधिकार संस्थाहरुले सो सजायलाई लाइका लागि मृत्युदण्ड सरह भएको टिप्पणी गरिएको बीबीसीले जनाएको छ ।