क्यानडाको एक विद्यालयमा गोली चल्दा १० को मृत्यु, २५ घाइते
काठमाडौंक्यानडाको एक हाई स्कुलमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेकोगोली लागेर २५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विद्यार्थी छन् कि छैनन् भन्नेमा अझै पुष्टि भएको छैन । घटनापछि स्कुल बन्द गरिएको छ । घटनास्थलमा ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली खटाइएको छ ।
क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी अध्ययनरत छन् । प्रहरीले स्कुलमा रहेकासबैलाई सुरक्षित रूपमा बाहिर निकालेर सुरक्षा सतर्कतासँगै अनुसन्धान अघि बढाएको बीबीसीले जनाएको छ ।