अन्तर्राष्ट्रिय

अमेरिकामा ४ हजार बढी आप्रवासीलाई थुनामा राखिएको खुलासा

- एजेन्सीकाठमाडौं

अमेरिकामा पछिल्लो पाँच महिनामा ४ हजार बढी आप्रवासीहरुलाई थुनामा राखेको पाइएको छ । त्यहाँका न्यायाधिशहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले ४ हजार ४ सय आप्रवासीहरुलाई थुनामा राखेको बताएका हुन् । कडा आप्रवासन नीति लिएको प्रशासनलाई अदालतले अवैध भने पनि आप्रवासीहरुलाई लामो समयसम्म थुनामै राखिरहेको पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 धेरैजसो मुद्दा करिब तीन दशकदेखि थुनामा रहेका आप्रवासीहरुलाई धरौटीमा छुट्न नदिने नीतिसँग सम्बन्धित रहेको बताइएको छ । त्यहाँको कानुन अनुसार बसिरहेका आप्रवासीहरुले आफ्नो मुद्दा अदालतमा विचाराधीन हुँदा धरौटीमा रिहा हुन पाउने व्यवस्था छ । 

 राष्ट्रपति ट्रम्पको कार्यकालमा आप्रवासन नियन्त्रण निकायको हिरासतमा रहेका व्यक्तिको संख्या बढेर झण्डै ६८ हजार पुगेको बताइएको छ । यो संख्या तुलनात्मक रुपमा ७५ प्रतिशत बढी भएको समाचारमा जनाइएको छ । ट्रम्प प्रशासन सत्तामा आएपछि आप्रवासीहरुले रिहाइको माग गर्दै २० हजार बढी मुद्दा दायर गरेको बताइएको छ ।