उत्तर कोरियाद्वारा युद्धमा ज्यान गुमाएका सैनिकका परिवारका लागि नयाँ आवासीय क्षेत्र
- काठमाडौंउत्तर कोरियाका नेता किम जोङ–उनले रुस–युक्रेन युद्धमा ज्यान गुमाएका सैनिकका परिवारका लागि निर्माण गरिएको नयाँ आवासीय क्षेत्रको सार्वजनिक गरेका छन्। राज्यद्वारा सञ्चालीत सञ्चार माध्यम केसिएनएका अनुसार प्योङयाङमा निर्माण गरिएको सो आवासीय भवनको निर्माण गरिएको हो।
दक्षिण कोरिया तथा पश्चिमा मुलुकका गुप्तचर निकायहरुले उत्तर कोरियाले रुसको पक्षमा युक्रेन युद्धमा लड्न हजारौँ सैनिक पठाएको दाबीकाबीच उत्तरले आवासीय क्षेत्र बनाएको हो ।
दक्षिण कोरियाले भने रुस युक्रेन युद्धमा उत्तर कोरियाका झण्डै दुई हजार सैनिक युद्धका क्रममा मारिएको बताउँदै आएको छ । रुसलाई प्रदान गरिएको सैन्य सहयोगको बदलामा उत्तर कोरियाले आर्थिक सहायता, सैन्य प्रविधि तथा अत्यावश्यक सामग्री प्राप्त गरिरहेको हुन सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।