अन्तर्राष्ट्रिय

अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा जेसी ज्याकसनको निधन

काठमाडौं

अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा नेता जेशी ज्याकसनकोे ८४ वर्षको उमेरमा निधन भएको छ । ज्याकसनको परिवारले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान उहाँको निधन भएको हो ।

 ज्याक्सनले सन् १९६० को दशकमा नागरिक अधिकार आन्दोलनका क्रममा मार्टिन लुथर किंगसँगै रहने गर्नुभएको बीबीसीले जनाएको छ । किङका निकट सहयोगीका रुपमा चिनिएका ज्याकसनले अफ्रिकी–अमेरिकी समुदायको राजनीतिक सशक्तिकरण र जीवनस्तर सुधारका लागि लामो समय संघर्ष गर्नुभएको थियो ।

 ज्याक्सनको निधनसँगै अमेरिकी नागरिक अधिकार आन्दोलनका एक महत्वपूर्ण अध्यायको अन्त्य भएको टिप्पणी गरिएको समाचारमा उल्लेख छ ।