इरानसँग अर्थपूर्ण सम्झौता नभए खराब परिणाम आउन सक्ने ट्रम्प्को चेतावनी
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक कार्यक्रमसम्बन्धी वार्ता आगामी १० दिनभित्र निर्णायक नतिजामा पुग्ने बताउनुभएको छ । ट्रम्पले अर्थपूर्ण सम्झौता नभए खराब परिणाम आउन सक्ने चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
वासिङ्टन डीसीमा आयोजित बैठकमा ट्रम्पले इरानसँग भएका पछिल्ला वार्ता सकारात्मक भए पनि ऐतिहासिक रूपमा सम्झौता गर्न कठिन रहेको बताउनुभएको समाचारमा उल्लेख छ ।
यसैबीच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत समेत सो क्षेत्रमा तैनाथ गरिएको छ । ह्वाइट हाउसकी सचिव क्यारोलिन लेभिटले इरानलाई सम्झौता गर्नु नै उपयुक्त हुने भएकाले राष्ट्रपति ट्रम्प अझै पनि कूटनीतिक समाधानकै पक्षमा रहेको बताउनुभएको छ ।