अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पको आगामी मार्च अन्त्यमा चीनमा पहिलो औपचारिक भ्रमण हुँदै

काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगामी महिना चीनको भ्रमण गर्ने तय भएको छ । ह्वाइट हाउसका अनुसार मार्च ३१ देखि अप्रिल २ सम्म ट्रम्पले चीनको भ्रमण गर्ने तय भएको हो ।

सन् २०१७ पछि बेइजिङमा हुन लागेको ट्रम्पको यो पहिलो औपचारिक भ्रमण हो । ट्रम्पले प्रस्तावित भ्रमणलाई “ऐतिहासिक” हुने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बेइजिङमा हुने वार्तामा व्यापार र शुल्कका विषय मुख्य एजेन्डा बन्ने अनुमान गरिएको छ। चीनले अमेरिकाबाट सोयाबिन खरिद रोक्ने चेतावनीसमेत दिएको छ। यसैबीच, चीनले पछिल्ला महिनामा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी लगायत विभिन्न पश्चिमी नेताहरुसँग भेटघाटलाई तीव्रता दिएको छ ।

विभिन्न देशमा विद्युतीय सवारीसाधन र नवीकरणीय ऊर्जाको क्षेत्रमा चीनको लगानी बढ्दै गएको सन्दर्भमा ट्रम्पको भ्रमण हुन लागेको अलजजिराले जनाएको छ । 

अमेरिकाले ताइवानलाई हतियार आपूर्ति जारी राखेको षियमा समेत चीनले असमति राख्दै आएको छ । दुई ठूला शक्ति राष्ट्रबीच हुन लागेको भ्रमणलाई चासोपूर्वक हेरिएको छ ।