अदालतको फैसलापछि भन्सार शुल्क १५ प्रतिशत सम्म पुर्याउने ट्रम्पको भनाइ
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको सर्वोच्च अदालतको फैसलापछि विश्वभरबाट आयात हुने वस्तुमा लगाइएको अस्थायी भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ ।
अदालतले ट्रम्प प्रशासनले आर्थिक आपतकालीन कानुनअन्तर्गत लागू गरेको अघिल्लो उच्च भन्सार कार्यक्रमलाई राष्ट्रपतिको अधिकार क्षेत्रभन्दा बाहिर रहेको ठहर गर्दै खारेज गरेको थियो।
अदालतको निर्णय सार्वजनिक भएको २४ घण्टाभित्रै ट्रम्पले नयाँ दर घोषणा गर्नुभएको हो । यसअघि ट्रम्पले सबै देशबाट आयात हुने वस्तुमा १० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको थियो ।
अब सो दरलाई कानुनले अनुमति दिएको अधिकतम १५ प्रतिशतसम्म बढाइने ट्रम्पको भनाइ छ । सो निर्णयले अमेरिकी व्यापार नीति र अन्तर्राष्ट्रिय बजारमा थप अनिश्चितता निम्त्याउने विश्लेषकहले बताएको समाचारमा उल्लेख छ ।