अमेरिकामा ५,००० भन्दा बढी उडान रद्द
काठमाडौंअमेरिकाको पूर्वी तटमा आएको शक्तिशाली हिमआँधीका कारण ५ हजार भन्दा बढी हवाइ उडान रद्द भएका छन् । हिमआँधीका कारण लाखौं मानिस प्रभावित भएका छन् ।
पूर्वी तटका ६ लाखभन्दा बढी घर तथा व्यवसायमा विद्युत् सेवा अवरुद्ध भएको बीबीसीले जनाएको छ । आँधीका कारण बोस्टनबाट प्रकाशित हुने चर्चित पत्रिका बोस्टन ग्लोब १ सय ५३ वर्षको इतिहासमा पहिलो पटक छापा संस्करण प्रकाशन नगर्ने निर्णय गरेको जनाइएको छ ।
सो क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ भने केही राज्यमा अत्याआवश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ । ‘नोर’इस्टर’ नामक सो आँधी अमेरिकाबाट पूर्वी क्यानडातर्फ सर्ने अनुमान गरिएको छ ।