'स्टेट अफ यूनीयन'मा ट्रम्पको सम्बोधन
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ यूनीयन र कंग्रेसको संयुक्त अधिवेशनलाई सम्बोधन गर्नुभएको छ। सम्बोधनमा उहाँले आफ्नो प्रशासनको उपलब्धि, आगामी प्राथमिकताबारे धारणा सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ । क्यापिटल हाउस च्याम्बरमा बोल्दै ट्रम्पले अमेरिकालाई आफ्नो इतिहासको स्वर्ण युगमा रहेको बताउनुभएको छ । उहाँले अर्थतन्त्र, सीमा सुरक्षा, रोजगार वृद्धि, मुद्रास्फीति घटेको र शेयर बजारका रेकर्डहरु जस्ता उपलब्धिहरूलाई आफ्नो नेतृत्वको उपलब्धिका रुपमा रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, ट्रम्पले अमेरिकाको २ सय ५० औं स्वतन्त्रतासँग जोडेर भविष्यका योजनाबद्ध कार्यक्रम प्रस्तुत गरेको समाचारमा उल्लेख छ । यद्यपी, केही डेमोक्र्याट सांसदहरुले भने ट्रम्पको सम्बोधन असफलताको प्रतिकका रुपमा रहेको विश्लेषण गरेका छन् ।