भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल कच्चा तेल पाएको अमेरिकाको दाबी
काठमाडौंअमेरिकाले भेनेजुएलाबाट ८० मिलियनभन्दा बढी ब्यारेल कच्चा तेल पाएको दाबी गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन डीसीमा आयोजितस्टेट अफ द युनियनलाई सम्बोधनका क्रममा त्यसबारे जानकारी दिनुभएको हो ।
ट्रम्पले अमेरिकाको आन्तरिक तेल उत्पादन दैनिक ६ लाख ब्यारेल बढीले वृद्धि भएको समेत बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच अमेरिकी रक्षा मन्त्रालयले भेनेजुएलासँग सम्बन्धित तेस्रो “प्रतिबन्धित” तेल ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार पानी जहाजलाई क्यारेबियन क्षेत्रबाट पछ्याउँदै ट्यांकर नियन्त्रणमा लिइएको हो । यसअघि अमेरिकी विशेष सैन्य फौजले केही साता अघि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई राजधानी काराकासबाट पक्राउ गरेको थियो ।
त्यसयता ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरुका लागि खुला गर्ने संकेत दिएको समाचारमा जनाइएको छ ।