अफगानिस्तानमाथि पाकिस्तानको निरन्तर बमबारी
- काठमाडौंअफगानिस्तानका तालिबान नेताहरुले पाकिस्तानले आफ्ना कयौँ ठूला शहरमा बमबारी गरेपछि वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।
अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले तालिबानका नेताहरू युद्ध अन्त्य गर्न पाकिस्तानसँग वार्ता गर्न तयार रहेको स्पष्ट पार्नुभएको हो ।
यता पाकिस्तानका रक्षामन्त्रीले महिनौंको तनाव र झडपपछि अफगानिस्तानविरुद्ध खुला युद्ध घोषणा गर्नुभएको थियो ।
त्यसैलाई निरन्तरता दिँदै इस्लामावादले अन्य क्षेत्रसँगै अफगानिस्तानको राजधानी काबुल र कन्दाहार शहरमा हिजो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ती क्षेत्रलाई तालिबान नेताहरुको आधार इलाका मानिन्छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारसँग पूर्ण टकराव घोषणा गर्दै एक्समा लेख्दै अब दुवै मुलुकबीच खुला युद्ध भएको बताउनुभएको थियो ।
साथै, पाकिस्तान र अफगानिस्तानबीच सीमामा पनि झडप जारी छ । ती झडपमा दुवै पक्षको ठूलो क्षति भएको बताइन्छ ।