इरानमा सैन्य आक्रमण जारी राख्ने ट्रम्पको अडान
- काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उदेश्य पूरा नभएसम्म इरानमा सैन्य आक्रमण जारी राख्ने स्पष्ट पार्नुभएको छ ।
अमेरिका र इजरायलले बिहिबारदेखि इरानमा संयुक्त आक्रमण गरिराखेका छन् ।
सो क्रममा अमेरिकी नागरिकको हताहत हुने सम्भावना बढ्न सक्ने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ ।
यसअघि, अमेरिकी केन्द्रीय कमान्डले तीन अमेरिकीको मृत्यु र पाँच जना गम्भीर घाइते भएको जनाएको थियो ।
प्रत्येक अमेरिकी नागरिकको हताहतले राष्ट्रपति ट्रम्पका लागि आन्तरिक राजनीतिमा दबाब बढ्ने निश्चित भएको बीबीसीको टिप्पणी छ ।
त्यसको प्रभाव आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा समेत पर्न सक्ने विश्लेषकहरु बताउछन् ।
यता अमेरिकाले इरानको एउटा विद्यालयमा आक्रमण गर्दा कम्तीमा १ सय ५३ जनाको मृत्यु भएको छ ।
यस्तै इजरायलको हानेको क्षेप्यास्त्र आक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
यसैबीच, इरानका विदेशमन्त्रीले सर्वोच्च नेता अयोतोल्ला अली खामेनीको हत्या भएपछि केही दिनभित्र नयाँ नेता चयन गर्न सकिने बताएका छन् ।
यसैबीच, इरानसँग युद्ध चर्किदा इजरायल र लेबननको सशस्त्र समूह हिजबुल्लाहबीच युद्ध सुरु भएको छ ।
हिजबुल्लाहले इजरायलमा बमबारी गरेपछि इजरायली रक्षा बलले लेबननमा रहेको ५० भन्दा बढी गाउँलाई स्थानान्तरण गरेको जनाएको छ ।