रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा कम्तिमा १० जनाको मृत्यु
- काठमाडौंरुसको मिसाइल आक्रमणमा यूक्रेनको दोस्रो ठूलो शहर खार्किभमा कम्तिमा दुई बालबालिका सहित १० जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन्। सो आक्रमणले पाँच तले भवनको एउटा प्रवेशद्वार पूर्ण रूपमा क्षति भएको छ ।
सो भवनमा समेत क्षति पुगेकाले भग्नावशेषमा फसेकाहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसैबीच, युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले २९ मिसाइल र ४ सय८० ड्रोनहरु प्रहार गरेको थियो ।
कीभ र अन्य केन्द्रीय क्षेत्रका ऊर्जा पूर्वाधार लक्षित गर्दै भएको आक्रमणमा कम्तिमा सात स्थानमा क्षति पुगेको छ।