अन्तर्राष्ट्रिय

इराकमा विमान दुर्घटना हुँदा ६ जना अमेरिकी सैनिकको मृत्यु

काठमाडौं

इराकको पश्चिमी क्षेत्रमा अमेरिकी हवाई इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको छ । सो दुर्घटनाबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको बीबीसीले जनाएको छ । 

पहिला उल्लेख गरिएका तीन जना अमेरिकी वायुसेनाका सक्रिय सदस्य थिए भने बाँकी तीन जना नेशनल गार्डमा कार्यरत रहेको समाचारमा उल्लेख छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । 

इन्धन भर्ने मिशनमा दुई विमान सहभागी भएकोमा अर्को विमान भने सुरक्षित अवतरण हुन सफल भएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुमानमा आकाशमै दुई विमानबीच ठोक्किएको हुन सक्ने आशंका गरिएपनि पुष्टि भने भएको छैन ।