केन्यामा भारी वर्षापछि आएको बाढीमा कम्तीमा ६२ जनाको मृत्यु
काठमाडौंकेन्यामा एक सातादेखि भइरहेको भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । राजधानी नाइरोबीमा बाढीले सबैभन्दा बढी क्षति पु¥याएको बीबीसीले जनाएको छ । लगातारको भारी वर्षाका कारण आएको बाढीले घरहरु डुबान हुनुका साथै सडक, विद्युत् र खानेपानी संरचनामा क्षति पुगेको समाचारमा उल्लेख छ ।
आन्तरिक मामिला मन्त्रालयले देशका विभिन्न भागमा अझै भारी वर्षा जारी रहेको भन्दै बाढीको जोखिम बढिरहेको जनाएको छ । यस्तै, त्यहाँको सरकारले बाढिले प्रभावित नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।
हालसम्म २ हजार भन्दा बढी मानिस घर छोडेर सुरक्षित आश्रयस्थलमा बस्न बाध्य भएका छन्। राष्ट्रपति विलियम रुटोले प्रभावित क्षेत्रका नागरिकलाई आपतकालीन खाद्यान्न र स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।