कतारको ऊर्जा केन्द्रमा आक्रमणपछि युरोपेली देशमा ग्यासको मूल्यमा वृद्धि
काठमाडौंकतारको रास लाफन नामक ऊर्जा केन्द्रमा भएको आक्रमणपछि युरोपमा ग्यासको मूल्य तीव्र रुपमा बढेको छ । आक्रमणको घटनाले ऊर्जा बजारमा अस्थिरता बढाउँदै महँगी दर पुनः उकालो लाग्ने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आक्रमणबाट ऊर्जा संरचनामा व्यापक क्षति पुगेको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कतारमा थप आक्रमण नगर्न चेतावनी दिएको समाचारमा उल्लेख छ ।
विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रमध्ये एक मानिएको साउथ पार्स ग्यास क्षेत्रमा भएको आक्रमणमा अमेरिकाको संलग्नता नरहेको ट्रम्पले दाबी गरेको बीबीसीले जनाएको छ ।
उर्जा केन्द्रमा भएको आक्रमणपछि इनधन ढुवानी लागत बढ्ने तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा यस वर्ष महँगी दर घट्ने सम्भावना कम भएको बताइएको छ ।