अन्तर्राष्ट्रिय

कुवेतको तेल प्रशोधन केन्द्रमा दोश्रो दिन पनि इरानको आक्रमण

काठमाडौं

इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामाथि व्यापक आक्रमण जारी राख्दै कुवेतको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा लगातार दोस्रो दिन ड्रोन आक्रमण गरेको छ । सो आक्रमण इस्लाम धर्मावलम्बीले रमजानको अन्त्यमा मनाउने ईद उल–फित्र को दिन भएको हो । 

कुवेतको राष्ट्रिय तेल कम्पनीले केही उत्पादन इकाइ बन्द गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यद्यपी, कुवेतका सेनाले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र ड्रोन आक्रमणलाई रोक्ने प्रयास गरिरहेको समाचारमा उल्लेख छ । साउदी अरेबियाले भने दुई घण्टाभित्र एक दर्जनभन्दा बढी ड्रोन खसालेको जनाएको छ।