इरानद्वारा आफ्नो देश विरुद्ध नउत्रने देशलाई हर्मुज क्षेत्रबाट आवतजावको अनुमति
काठमाडौंइरानले जापानका समुन्द्रीक जहाजहरुलाई हर्मुज क्षेत्रबाट आवतजावत गर्न दिनेभएको छ । आफ्नो देशको विरुद्धमा रहेका देशमाथि जलमार्ग सञ्चालनमा रोक लगाइएको भए पनि सो सँग नजोडिएको देशका जहाज सञ्चालन गर्न पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार जलमार्ग पूर्ण रुपमा बन्द गरिएको छैन । यद्यपि आफ्नो देशमाथि आक्रमण गर्ने देशका जहाजहरुका लागि सञ्चालन हुन दिइएको छैन ।
जापानले सो मार्ग हुँदै आफूलाई आवश्यक पर्नेे कच्चा तेलको ९० प्रतिशतभन्दा बढी आयात मध्यपूर्वका देशबाट गर्दै आएको समाचारमा उल्लेख छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सो समुद्री मार्ग प्रायः बन्दजस्तै बनेको थियो ।
आक्रमणका घटना भएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्डले हर्मुज जलमार्ग पार गर्न खोज्ने जहाजहरुलाई नष्ट गर्ने चेतावनी दिएपछि समुद्री यातायात रोकिएको समाचारमा उल्लेख छ । यसैबीच चीन, भारत र पाकिस्तान लगायत देशका जहाजहरुलाई इरानी अधिकारीहरुको अनुमतिमा जलमार्ग प्रयोग गर्न दिइएको बताइएको छ ।