हर्मुज जलघाँटी तत्काल खुला गर्न ट्रम्पको आग्रह
काठमाडौंइरानले हर्मुज जलघाँटी ४८ घण्टाभित्र खुला नगरे अमेरिकाले इरानी विद्युत संयन्त्रहरु निमिट्यान्न पार्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ ।
इरानले कुनै धम्की विना हर्मुज अहिले भनिएको समयदेखि ४८ घण्टाभित्र पूर्ण रुपमा नखोलेमा सबैभन्दा ठूलो आक्रमण गर्ने राष्ट्रपति ट्रम्पले दाबी गर्नुभएको छ ।
यसैबीच, इरानले इजरायलको दक्षिणी शहर डिमोनामा क्षेप्यास्त्र प्रहार गरेको छ । जसमा कम्तीमा ४७ जना घाइते भएका छन् । सो आक्रमण इजरायलको परमाणु सुविधाको नजिक भएको बीबीसीले उल्लेख गरेको छ ।
नजिकैको अरद शहरमा पनि आक्रमण भएको छ । इजरायली आपतकालीन सेवा म्यागेन डेभिड एडोमले कयौँ मानिसलाई अस्पताल लगिएको बताइएको छ । इरानको नातान्ज परमाणु सुविधामा भएको हमलाको पछि सो आक्रमण गरिएको तेहरानले बताएको छ ।