अन्तर्राष्ट्रिय

अष्ट्रेलिया–इयूबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौं

अष्ट्रेलिया र युरोपेली संघ (इयू) बीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । करिब १० अर्ब अष्ट्रेलियन डलर बराबरको सो सम्झौतामा आज हस्ताक्षर भएको बीबीसीले जनाएको छ । 

अष्ट्रेलिया र युरोपेली संघ (इयू) बीच आठ वर्ष लामो वार्तापछि मात्र स्वतन्त्र व्यापार सम्झौता भएको समाचारमा उल्लेख छ । सम्झौताअनुसार अष्ट्रेलियाका फलफूल, तरकारी, समुद्री खाना, दुग्धजन्य वस्तु, गहुँ र जौजस्ता कृषि उत्पादनमा लगाइने अधिकांश भन्सार शुल्क हटाइने समेत उल्लेख छ । 

 सम्झौताले रक्षा, आतंकवाद नियन्त्रण, अन्तरिक्ष, समुद्री सुरक्षा तथा महत्वपूर्ण खनिज क्षेत्रमा सहकार्य पनि बढाउने उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छन् ।