भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच टेलिफोन फोन वार्ता
काठमाडौंभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री मोदीले आफूसँग अमेरिकी राष्ट्रपति ट्रम्पले पश्चिम एसियाको अवस्थाबारे टेलिफोनमा कुराकानी गर्नुभएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।
सो क्रममा जारी तनाव अन्त्यका लागि यथाशीघ्र शान्ति स्थापनामा जोड दिएको प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ । यस्तै, मोदीले होर्मुज जलमार्ग खुला गर्न अत्यन्त आवश्यक रहेको बताउनुभएको छ । टेलिफोन वार्तामा दुवै पक्षले क्षेत्रीय शान्ति र स्थिरताका लागि आगामी दिनमा निरन्तर सम्पर्कमा रहने सहमति गरेको उल्लेख छ ।