फिलिपिन्समा ऊर्जा संकटकालको घोषण
काठमाडौंपश्चिम एसियामा जारी द्वन्द्वकाबीच फिलिपिन्सले ऊर्जा संकटकालको घोषणा गरेको छ। राष्ट्रपति फर्डिनान्ड मार्कोसले ऊर्जा आपूर्तिको उपलब्धतामा संकट देखिएको भन्दै उर्जा संकटको घोषणा गरेका हुन् ।
अमेरिका इजरायलको इरानसँगको द्धन्द्धका कारण होर्मुज जलमार्गबाट इन्धन ढुवानी बन्द गरिएपछि विश्व ऊर्जा बजारमा असर परेको बीबीसले जनाएको छ । फिलिपिन्सले आफ्नो करिब ९८प्रतिशत तेल खाडी क्षेत्रबाट आयात गर्ने भएकाले इन्धनको अभाव तीव्र बनेको छ ।
राष्ट्रपति मार्कोसले सो निर्णयले सरकारलाई ऊर्जा आपूर्ति स्थिर राख्न र अर्थतन्त्र जोगाउन आवश्यक कानुनी अधिकार दिने बताउनुभएको समाचारमा उल्लेख छ । साथै, सरकारले इिन्धन खरिद गरेर भण्डारण बढाउने अधिकार समेत पाएको छ । सो आपतकालीन अवस्था एक वर्षसम्म कायम रहने र आवश्यक परे थप गर्न वा हटाउन सकिनेछ ।