अन्तर्राष्ट्रिय

ताइवानका पूर्व मेयरलाई भ्रष्टाचार गरेको आरोपमा १७ वर्षको जेल सजाय

काठमाडौं

ताइवानका पूर्व मेयर एवम् राष्ट्रपति पदका प्रत्यासी समेत बनेका को वेन जेलाई भ्रष्टाचार र चन्दा दुरुपयोगको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको छ । ताइपेई जिल्ला अदालतले ६५ वर्षीय कोलाई आफ्नो कार्यकालमा रियल इस्टेट सम्झौतासँग सम्बन्धित घूस लिएको तथा राष्ट्रपति चुनावका क्रममा आर्थिक विवरण गलत प्रस्तुत गरेको समेत ठहर गर्दै सो सजाय सुनाएको बीबीसीले जनाएको छ ।

अभियोजन पक्षका अनुसार कोले करिब ५ लाख ३५ हजार अमेरिकी डलर बराबरको घूस लिएका थिए । ताइवान पिपुलस् पार्टी टीपीप्ीका संस्थापक समेत रहेका को वेन–जेले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । पार्टीका वर्तमान अध्यक्ष हुवाङ कोओ चाङले सो मुद्दालाई राजनीतिक प्रेरित आरोप भएको बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । कोलाई सन् २०२४ मा पक्राउ गरिएको थियो र सेप्टेम्बरदेखि जमानतमा रिहा थिए ।