अन्तर्राष्ट्रिय

इरानी नौसेना कमाण्डर आक्रमणमा मारिएको इजरायलको दाबी

काठमाडौं

इजरायलले हर्मुज जलमार्गमा नाकाबन्दीको नेतृत्व गरिरहेका इरानी नौसेना कमाण्डर अलिरेजा तानसिरि मारिएको दाबी गरेको छ । इजरायलका रक्षा मन्त्री केजका अनुसार हर्मुज जलमार्गमा नाकाबन्दी लगाउने मुख्य जिम्मेवार व्यक्ति कमान्डर अलिरेजा रहेकाले विस्फोटका क्रममा मारिएको दाबी गरेको बीबीसीले जनाएको छ । इरानले भने सो घटनाबारे औपचारिक प्रतिक्रिया जनाएको छैन ।

 हर्मुज जलमार्ग विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो। गत महिना युद्ध सुरु भएयता इरानले सो क्षेत्रमा नाकाबन्दी गरिरहेकाले विश्व अर्थतन्त्रमा असर परेको समाचारमा उल्लेख छ ।