अमेरिकामा ट्रम्पको विरुद्ध प्रर्दशन चर्किदै ७० जना पक्राउ
काठमाडौंअमेरिकाको लस एन्जलसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा भएको प्रर्दशनमा सहभागी भएको आरोपमा प्रहरीले अश्रुग्यास प्रहार गरी ७० जना बढीलाई पक्राउ गरेको छ । हालैका दिनहरुमका राष्ट्रपति ट्रम्प विरुद्धको “नो किङ्स” नामक प्रदर्शन देशव्यापी बनिरहेका बेला प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको हो ।
ट्रम्पले चालेका कदम र इरानसँग सम्बन्धित युद्धको विरोधमा अमेरिका तथा युरोपका विभिन शहरमा विरोधका कार्यक्रम तीव्र भइरहेका छन् । लस एन्जलस प्रहरीले प्रदर्शनपछि जारी गरिएको “तितरबितर” आदेश नमानेको आरोपमा ७४ जनालाई पक्राउ गरिएको जनाएको छ ।
आयोजकहरुका अनुसार अमेरिकामा आइबाट हिजोमात्रै ३ हजार १ सय बढी विरोधका कार्यक्रम भएका छन् । प्रदर्शनका क्रममा २ जना प्रहरी अधिकारीहरु घाइते भएको समाचारमा उल्लेख छ ।