अन्तर्राष्ट्रिय

चीन र उत्तर कोरियाबीचको सिधा हवाइ उडान पुनःशुरु

काठमाडौं

कोरोना भइरसको संक्रमणको जोखिम बढेपछि बन्द भएको चीन र उत्तर कोरियाबीचको सिधा हवाइ उडान पुनः शुरु भएको छ । चीनको राष्ट्रिय ध्वजावाहक एयरलाइन एअर चाइनाले आजबाट बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीच सिधा उडान सञ्चालनमा ल्याएको हो । 

दुई देशका राजधानीबीच यात्रु रेल सेवा पुनः सुरु भएको केही समयपछि हवाई सेवा पनि सुचारु भएको समाचारमा जनाइएको छ । यसअघि चीन र उत्तर कोरियाबीचको यात्रु रेल सेवा यहि मार्च १२ देखि पुनः सञ्चालनमा आएको थियो । यद्यपि उत्तर कोरियाको राष्ट्रिय एयरलाइनस एयर कोरियोले भने सन् २०२३ मै राजधानीहरुबीच उडान सेवा पुनः सुरु गरेकोक समाचार संस्था एपीले जनाएको छ । 

कोरोना भाइरसको संक्रमण फैलने जोखिम अघि उत्तर कोरियामा जाने कुल पर्यटकमध्ये करिब ९० प्रतिशत चिनियाँ नागरिक हुने गरेको थियो । यस्तो अवस्थामा पर्यटकीय गतिविधि सक्रिय बनाउन उडना सुरु गरिएको अन्तार्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

चीन, उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापार साझेदार तथा प्रमुख सहयोगी देश हो । तर, उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्षित गर्न सक्ने क्षेप्यास्त्र परीक्षण गर्दै आएको विषयमा बेइजिङले असन्तुष्टि जनाउँदै आएको छ ।