अन्तर्राष्ट्रिय

इजरायलको संसदद्वारा मृत्युदण्डसम्बन्धी विवादास्पद कानून पारित

काठमाडौं

इजरायलको संसदले एक विवादास्पद कानून पारित गरेको छ । इजरायली नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएका प्यालेस्टिनीहरुलाई मृत्युदण्ड दिन सकिने व्यवस्था सहितको कानून पारित गरिएको समाचार संस्था एपीले जनाएको छ ।

 सो कदमको अन्तर्राष्ट्रिय समुदाय तथा मानवअधिकार समूहहरुले अमानवीय भन्दै आलोचना गरेको समाचारमा उल्लेख छ । सो विधेयकको पक्षमा ६२ र विपक्षमा ४८ मत परेको थियो। कानूनमा इजरायली नागरिकलाई समेत समान आरोपमा मृत्युदण्ड दिन सकिने उल्लेख भए पनि कानुनी जानकारका अनुसार व्यवहारमा सो प्रावधान मुख्यतः प्यालेस्टिनीमा मात्र लागू हुने समाचारमा उल्लेख छ ।