भारतमा आजबाट बृहत्त जनगणना अभियान सुरु
काठमाडौंभारतमा आजबाट औपचारीक रुपमा आजबाट राष्ट्रिय जनगणना शुरु भएको छ । ३० लाख बढी सरकारी कर्मचारीहरु संलग्न रहेको जनगणना एक वर्षसम्म चल्ने छ । यो गणनालाई विश्वकै सबैभन्दा ठूलो राष्ट्रिय जनगणनाका रुपमा हेरिएको छ । जनगणनाले देशभर कल्याणकारी कार्यक्रम र राजनीतिक प्रतिनिधित्वमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कोभिड–१९ का कारण केही समय ढिलाइ भएको यो जनगणनामा पहिलो चरणमा कर्मचारीहरुले करिब एक महिना घर–घरमा पुगेर आवास अवस्था र जीवनयापनका अवस्थाबारे तथ्यांक संकलन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जनगणनाको दोस्रो चरण भने आगामी सेप्टेम्बरदेखि सुरु हुनेछ, जहाँ धर्म, जात तथा सामाजिक–आर्थिक अवस्थाजस्ता विस्तृत विवरणहरु संकलन गने तयारी गरिएको छ ।
जनगणनाबाट प्राप्त तथ्यांकले सरकारी कल्याणकारी कार्यक्रमहरुको वितरण तथा विभिन्न सार्वजनिक नीतिहरु निर्धारण गर्ने आधार प्रदान गर्ने बताइएको छ । जनगणनको नतिजानले .राजनीतिक संरचनामा समेफ फेरबदल हुन सक्ने आँकलन गगरिएको छ ।