रुसी सेनाको विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु
काठमाडौंरुसको कब्जामारहेको क्रिमिया क्षेत्रमा एक विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । रुसको सैन्य विमान दुर्घटना हुँदा ६ जना चालकदल सदस्य र २३ जना यात्रुको मृत्यु भएको हो । रुसी रक्षा मन्त्रालयका अनुसार सो विमान नियमित उडानका क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटना भएको सो क्षेत्र रुसले सन् २०१४ मा युक्रेन बाटकब्जामा लिएको थियो । घटनास्थलमा रहेका स्रोतहरुका अनुसार सोभियतकालीन विमान चट्टानमा ठोक्किएर दुर्घटना भएको हो । रुसको अनुसन्धान समिति का अनुसार विमानमा ७ जना चालकदलका सदस्य र २३ जना यात्रु सवार थिए।
आधिकारिक रुपमा एक जना चालकदलका सदस्य जीवीत रहेको समेत अन्तराृष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विमान दुर्घटना हुनुका पछाडी उडान नियम उल्लंघनको आशंका गएिको समाचारमा जनाइएको छ ।