अन्तर्राष्ट्रिय

इण्डोनेसियामा शाक्तिशाली भूकम्प

- एजेन्सीकाठमाडौं

इण्डोनेसियाको उत्तरपूर्वी मोलुक्का समुद्र क्षेत्रमा ७ दशमलब ४ म्याग्निच्यूडको शाक्तिशाली भूकम्प गएको छ ।

आज बिहान गएको भूकम्पको गहिराइ लगभग २२ माइल रहेको र यसको केन्द्रबिन्दु इन्डोनेसियाको टर्नेटबाट ७९ माइल पश्चिम–उत्तरपश्चिममा रहेको अमेरिकी भूगर्भीय सर्वेक्षणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पपछि छिमेकी देशमा सुनामी आउन सक्ने भन्दै अमेरिकाले सुनामी चेतावनी जारी गरेको छ ।

भूकम्पले के कस्तो जनधनको क्षति ग¥यो त्यसको विस्तृत विवरण आउन बाँकी छ ।

इण्डोनेसियामा २८० मिलियन भन्दा बढी मानिस बसोबास गर्छन् ।

भौगोलिक बनोटका कारण त्यहाँ लगातार भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहने गरेको छ ।

सन् २०२२ मा जाभाको सियान्जुर शहरमा ५ दशमलब ६ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तिमा ६०२ मानिसको मृत्यु भएको थियो ।