अमेरिकी चेतावनीपछि विनाशकारी आक्रमण गर्ने इरानको जवाफ
काठमाडौंआफ्नो देशमा आक्रमण बढाउने अमेरिकाको चेतावनी पछि इरानले विनाशकारी आक्रमण गर्ने प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा इरानमाथि थप आक्रण गर्ने जनाएको केहिसमय पछि इरानले प्रतिक्रिया दिएको हो ।
अमेरिका र इजरायलले संयुक्त रुपमा आक्रमण गरेपनि उनीहरुले इरानको क्षमताका बारेमा अपूरो जानकारी पाएको इरानको सेनाका प्रवक्ताले बताएका छन् । राष्ट्रिय सम्बोधनमा ट्रम्पले अमेरिकी जनतालाई जारी तनाव छिट्टै अन्त्य गर्ने बताएको बीबीसीले जनाएको छ ।
यद्यपि युद्ध अन्त्यका विषयमा सकारात्मक देखिएका ट्रम्पले युद्ध अन्त्य गर्ने निश्चित समयसीमा भने नतोकेको समाचारमा उल्लेख छ । यसैबीच, ट्रम्पले युद्ध रोक्ने संकेत गरेपनि विश्व बजारमा भने तेलको मुल्य उच्च बिन्दुमा पुगेको छ । तेलको मूल्य बढेर प्रति ब्यारेल १ सय ६ डलर पुगेको छ भने एसियाली शेयर बजारमा गिरावट आएको छ ।